२०७६ असार २ गते सोमबारको तपाईको राशिफल


२ असार २०७६, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा समस्या आउने छ । सहकर्मीबाट विरोध आउँला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । साथीभाइसँग समय बित्ने छ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउने छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दूरीको लाभदायक यात्रा रहला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यात्रामा मालसामान हराउन सक्छ । साझेदारी काममा उल्झन आउने छ । चोट पटकको भय छ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
श्रमको उचित मूल्याङ्कन हुनेछ । बिना प्रतिष्पर्धा फाइदा हुने योग छ । जोश जाँगर र उमङ्ग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोजगारको अवसर मिल्ने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्ने छ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । जोश जाँगर र हिम्मत वढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ठीक समयमा सही निर्णय लिन सकिने छ । महत्वपूर्ण कामको थालनी हुनेछ । समाज सेवामा मन लाग्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । घरमा अतिथीको आगमन हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रमाइलो यात्राको सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रोकिएको धन हात पर्ला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
चिताएको कामले तीव्रता लिनेछ । कला, साहित्यमा रुचि बढ्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७