इन्धनको मूल्य घट्यो


२ असार २०७६, सोमबार
petrol pump

काठमाडौं, २ असार । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

समायोजित मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । हवाई ईन्धन र एलपी ग्याँसको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

oil corp tuLIOVLKUJ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७