इजरायली प्रधानमन्त्रीकी पत्नीले स्वीकारिन् सरकारी रकमको दुरुपयोग गरेको


२ असार २०७६, सोमबार
sara netanyahu

काठमाडौं, २ असार । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूकी पत्नीले सरकारी रकमको दुरुपयोग गरेको स्वीकारेकी छिन् ।

अब उनले १५ हजार डलर सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ । सारा नेतान्याहूमाथि प्रधानमन्त्री निवासमा भान्से नभएको बहाना देखाउँदै बाहिर खानामा ९९ हजार तीन सय डलर खर्च गरेको आरोप छ ।

गएको वर्ष प्रधानमन्त्री पत्नी साराविरुद्ध ठगी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा दायर गरिएको थियो । तर साराका अधिवक्ताले भने यो मुद्दा उनीसँग सम्बन्धित नभएको र उनको पतिलाई नोक्सान पुर्‍याउने प्रयास भएको बताएका छन् ।

यरुशलम पोस्ट अनुसार, अब प्रधानमन्त्री नेतान्याहूकी पत्नीको आपराधिक रेकर्ड पनि भएको छ । सम्झौता अनुसार, अब सारा नेतान्याहूले १२ हजार चार सय ९० डलर सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ ।

उनीमाथि दुई हजार सात सय ७७ डलरको जरिवाना पनि लगाइएको छ । सारा नेतान्याहूले घरका प्रबन्धकले बाहिरबाट खाना मगाउने गरेको र अतिथिहरुलाई खुवाउने गरेको बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७