गुठी विधेयकमा समधान खोज्न माधव नेपाल सक्रिय, सांसदहरुसँग छलफल


२ असार २०७६, सोमबार
madhav kumar nepal

काठमाडौं, २ असार :  गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको कारण आन्दोलन चर्किने सम्भावना बढेपछि समधानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सक्रिय भएका छन् ।

सरोकारवाला गुठियारहरुले सडक आन्दोलनको तयारी गरिरहेको बेला सम्भावित खतरा रोक्न र समधान खोज्न नेता नेपाल सक्रिय भएका हुन् ।

काठमाडौं–२ का सांसद समेत रहेका वरिष्ठ नेता नेपालले सोमबार प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गरेका छन् । वरिष्ठ नेता नेपालले विधेयकका बारेमा काठमाडौंबाट निर्वाचित सांसदहरुको धारणा बुझेका थिए ।

दिउँसो १ बजेदेखि साढे २ बजेसम्म सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेका कारण विधेयकका कारण जनतामा आक्रोश पैदा बताएका थिए । उनीहरुले विधयेक तत्काल फिर्ता लिनका लागि पहल गर्न बरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए ।

विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिने र सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै अघि बढाउनेमा सांसदहरुले जोड थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै काठमाडौं उपत्यकाका सांसद, मेयर, केही वडाध्यक्ष र गुठियारलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

उनीहरूसँग छलफल गर्नुअघि प्रधानमन्त्रीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललेसँग ब्रिफिङ लिएका थिए ।

गुठियारहरुले आगमी असार ४ गते प्रर्दशनको तयारी गरिरहेको बेला प्रधानमन्त्री ओलीसँगै नेता नेपाल पनि समधान खोज्न सक्रिय छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७