प्रहरीको फरार सूचीमा रहेका चौधरी २१ हजार मतान्तरले विजयी, को हुन् रेसम चौधरी ?


२६ मंसिर २०७४, मंगलवार
resham chaudhari e1519633268409

काठमाडौं: टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले खोजिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सांसद निर्वाचित भएका छन्।resham chaudhari

मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाममा प्रतिष्पर्धी एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गरी राजपाबाट उम्मेदवार बनेका चौधरी विजयी भएका हुन्। चौधरीले ३४ हजार ३ सय ४१ मत पाएका छन् भने शाहले १३ हजार ४ सय ६ मत ल्याएकी छन्।

प्रदेश सीमांकनको विरोध गर्दै कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनमा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान गएको थियो।सोही घटनामा चौधरीको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको छ। प्रहरीको फरार सूचीमा रहेका चौधरीले वारेसनामाबाट उम्मेदवारी दिएका थिए।

को हुन् रेसम चौधरी ?

चौधरीले भूमिगत अवस्थाबाटै राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । उनले सामाजिक सञ्जाल र पर्चामार्फत मत माग्नेबाहेक प्रत्यक्ष उपस्थित हुन सकेका थिएनन् । एक बालकसहित ९ प्रहरीको विभत्स हत्या भएको टीकापुर काण्डका प्रमुख योजनाकार हुन् रेसम चोधरी । घट्नापछि चौधरीलाई प्रहरीले टीकापुर हत्याकाण्डको मुख्य योजनाकार ठहर गर्दै पक्राउ गर्न खोजेपछि उनी फरार छन् ।
प्रचण्ड सरकार भएको बेला चौधरी भारतको दिल्लीमा रहेको विषय निकै विवादित बनेको थियो । तर, पछि सोही सरकारले चौधरीलाई टीकापुर घटनामा उनको व्यक्तिगत सम्पत्ति क्षतिस्वरुप भएको भन्दै डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय समेत गरेको थियो ।
टीकापुर हत्याकाण्डपछि धेरै थारु युवाहरू समेत विस्थापित भएका थिए । उनीहरुमध्ये धेरैजसो अहिले आ–आफ्नै ठाउँमा फर्किसकेका छन् । भने, कतिपय थारु अगुवाहरु गाउँ फर्किन सकेका छैनन् । रेसम चौधरीले आफू टीकापुर काण्डमा निर्दोष रहेको भन्दै थारु समुदायमाथिको ज्यादती कसैले नदेखेको बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७