पूर्व प्रावि तहका शिक्षकको तलव माग प्रावि सरह, बुझाए ज्ञापनपत्र


२ असार २०७६, सोमबार
teachers

भक्तपुर, २ असार । पूर्व प्राथमिक विद्यालय तहमा काम गर्ने शिक्षकले प्राथमिक तहका शिक्षक सरहको तलब सुविधा माग गर्दै आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसा र राहत शिक्षक एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा आएको टोलीले सो ज्ञापनपत्र बुझाएको हो ।

प्रावि तहमा काम गर्ने शिक्षकको शैक्षिक योग्यता एसइइ पूरा भएको हुनुपर्ने, राहत शिक्षकलाई प्रत्येक वर्ष पुनः ताजगी तालीम दिलाइनुपर्ने, विद्यार्थी संख्याअनुसार प्रत्येक १५ विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने माग ज्ञापनपत्रमा छ ।

तलब भत्ता, पोशाक भत्ता तथा महङ्गी भत्ताका साथै पेशागत सुनिश्चितताको व्यवस्था गरिनु पर्ने र स्थानीय सरकार तथा प्रदेश सरकार समेतले शिक्षामा बजेट व्यवस्था गर्नुुपर्नेलगायत १२ बुँदे माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले राहत शिक्षकको समस्या सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको र नगरभित्रका सामुदायिक तथा आधारभूत विद्यालयका शैक्षिकस्तर उठाउन शिक्षक–शिक्षिकालाई नयाँ सिकाइ प्रविधिको तालीम सञ्चालन गरी विद्यालयको नियमित अनुगमन गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७