बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु


२ असार २०७६, सोमबार
bajhang 1

काठमाडौं,२ असार। बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७