मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका १७ नेता-कार्यकर्ता पक्राउ


२ असार २०७६, सोमबार
TU

काठमाडौं, २ असार । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।



TU

सोमबार कीर्तिपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट केन्द्रीय सदस्य सूर्य श्रेष्ठसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सुर्य कार्की, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, सोभा सेञ्चुरी, सागर शाही, नरबहादुर कुमाललगायत छन् ।

विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसेका उनीहरुलाई प्रहरीले एक्कासप् नियन्त्रणमा लिएको विद्यार्थी संगठनका काठमाडौं जिल्ला अध्यक्ष संघर्ष दाहालले जानकारी दिएका छन् ।

नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको उनले बताए ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हातपात गरेको र केन्द्रीय सदस्य सूर्य श्रेष्ठलगायत ३ जना घाइते भएको समेत उनले बताएका छन् । नियन्त्रणमा लिने क्रममा घाइते हुनेहरुमा श्रेष्ठसहित राम नेपाली र कुमार बर्तौला रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७