धन कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएका ५०२ को मृत्यु


३ असार २०७६, मंगलवार
Baidesik Rojgar

काठमाडौं, ३ असार । वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको शिलशिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याङ्क छ ।

मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ । वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६.४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन् ।

तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७