प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै, युरोप भ्रमणबारे जानकारी दिने


३ असार २०७६, मंगलवार
kp oli parliament

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । एक हप्ताको युरोप भ्रमणबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

मंगलबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली फ्रान्सलगायतका युरोपका देशहरु घुमेर गत आइतबार स्वदेश फर्किएका थिए । संसदीय परम्परामा राजकीय भ्रमण अघि र पछि संसदलाई जानकारी दिने गरिन्छ । त्यहीअनुरुप ओलीले भ्रमणबारे जानकारी गराउन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय तथा सदनमा पेश भएका विधेयकबारे पनि आज सरकारी धारणा राख्ने छन् । सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोध प्रदर्शन समेत भएका छन् ।

प्रधानमन्त्री ओलीले आज बस्ने संसद बैठकमा गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान छ । यस्तै मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्ने जनाइएको छ । सरकारले यो विधेयक संसद्मा प्रस्तुत गरे पनि चौतर्फी विरोधका कारण अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७