प्रधानमन्त्रीको सम्वोधन अघि नै संसदमा हंगामा, रोष्टम घेर्दै कांग्रेसको नाराबाजी


३ असार २०७६, मंगलवार
rostum

काठमाडौं, ३ असार । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नै लाग्दा कांग्रेस सांसदले नाराबाजी गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले संसद बैठक शुरु भएको घोषणा गरेपछि कांग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर बोल्न समय माग गरेका थिए । तर, सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए ।

तर, कांग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोष्टम घेराउ गर्दै चर्को नाराबाजी गरिरहेका छन् । उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनु पर्नेलगायतका नाराबाजी गरेका छन् ।

एक हप्ते युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आज युरोप भ्रमणबारे संसदलाई जानकारी गराउने कार्यक्रम रहेको छ ।

यस्तै अहिले चलिरहेको गुठी विधेयकविरुद्धको आन्दोलन, मिडिया काउन्सिलविरुद्धको पत्रकारहरुको आन्दोलनलाई समेत सम्वोधन गर्ने अपेक्षा गरिएको छ । अहिले गुठी विधेयकको विरोधमा देशभरजसो विरोध र प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७