कांग्रेसको नाराबाजीले संसद् वैठक स्थगित, प्रधानमन्त्रीले सम्बोधन गर्नै पाएनन्


३ असार २०७६, मंगलवार
samsad hangama

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दा कांग्रेस सांसदले अवरोध गरेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

बिहान ११ बजे प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न लागेका थिए । बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । संसदलाई सम्बोधन गर्न प्रधानमन्त्री रोष्टममा पुग्ने बित्तिकै पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग कांग्रेस सांसदहरुले गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधनपछि विपक्षी दलका सांसदहरुलाई बोल्न समय दिने बताए पनि उनीहरुले नाराबाजी जारी राखेका थिए । सभामुख महराको आग्रहलाई समेत नसुनि कांग्रेस सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्दै चर्को नाराबाजी लगाउन नछोडेपछि अन्ततः सभामुखले वैठक स्थगित गरेको सूचना गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज युरोप भ्रमणबारे संसदमा जानकारी गराउने कार्यक्रम रहेको थियो । यस्तै समसामयिक गुठी विधयेक र मिडिया काउन्सिल विधेयकका बारेमा पनि सरकारको धारणा राख्ने अनुमान गरिएको थियो । अहिले गुठी विधेयक र मिडिया कोन्सिल विधेयकको विरोधमा देशभर विभिन्न विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७