युट्युबमा हिट जोडी हलमा ‘फ्लप’


३ असार २०७६, मंगलवार
priyaka

काठमाडौं, ३ असार । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जोडीलाई युटुबमा राम्रै मन पराइन्छ । ‘आयंका’ नामले समेत परिचित यी दुई समाजसेवामा पनि लागेका छन् ।

यी दुईलाई लिएर थुप्रै म्यूजिक भिडियो पनि बनेका छन् । म्यूजिक भिडियोले युट्यूबमा राम्रै भ्यूज पनि पाएका छन् । यी दुईका अन्तरवार्ताहरु विभिन्न युट्यूब च्यानलमा चलेका पनि छन् ।

नायिका कार्की फेसबुक र इन्स्टाग्राममा सर्वाधिक फ्यान कमाएकी नायिका पनि हुन् । उनको लोभलाग्दो फ्यान देख्दा लाग्छ, उनको स्टारडम गज्जबको छ । तर, नायक–नायिकाको स्टारडम सामाजिक सञ्जालमा भन्दा पनि हलमा देखिनु पर्छ । नायिका कार्की र नायक देशराजको प्रेम सम्बन्धको चर्चासँगै यी दुई सधै मिडियामा छाउने गरेका पनि छन् । हलमा भने, यी दुइलाई दर्शकले पत्याएका छैनन् ।

यी दुइको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’ शुक्रबारदेखि रिलिज भएको थियो । चलचित्रले शुक्रबार र शनिबार नै राम्रो दर्शक पाउन सकेन । आइतबारदेखि मल्टिप्लेक्स र सिंगलमा चलचित्रको व्यापार निकै नै कमजोर छ । प्रियंका र आयुष्मानको अनुहार हेर्न दर्शक आएनन् ।

यसअघि चलचित्र ‘कथा काठमाण्डु’ मा नायिका कार्कीले दिएको बेडसिनको दृष्यले पनि चर्चा पायो । चलचित्रमा आयुष्मान देशराज जोशी पनि थिए । तर, चलचित्र चलेन । आयुष्मान र प्रियंकाले सामाजिक सञ्जालमा गरेका हल्लाहरुलाई दर्शकले नपत्याएको पुष्टि हुन्छ । योसँगै यी दुईले चलचित्रमा काम गर्दा हरेक कुरा हेरेर मात्र गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७