यस्तो छ नीताको बिहेको योजना


३ असार २०७६, मंगलवार
nita

काठमाडौं, ३ असार । नायिका नीता ढुंगानाले राम्रो श्रीमान् पाउँ भनेर ब्रत बसेको लामो समय भइसक्यो । उनी, तीजमा पानी पनि नखाई ब्रत बस्ने गर्छिन् । ललितपुरको एक पार्टी प्यालेसमा आउँदो वर्षका लागि बनाइँदै गरेको तीजको गीतमा नृत्य गर्दै गर्दा भेटिएकी नायिका ढुंगानाले आफ्नो बिहे योजनाको बिषयमा बताएकी छिन् ।

अहिले आफूले कामलाई प्राथमिकता दिएकाले पनि बिबहेको बारेमा सोच्न नपाएको उनले बताइन् । यो बीचमा कोही राम्रो मान्छे जीवनमा आएछ भनौला भन्दै नीताले भनिन् ‘मेरो बिहे गर्ने उमेर त हुन लाग्यो । अबको २–३ बर्षमा त बिहे गर्नुपर्छ, नत्र ढिला हुन्छ ।’

नीतालाई जीवनमा बिशेषगरी आफूलाई वुझ्ने श्रीमान् नै चाहिएको छ । नीता भन्छिन्, ‘कतिपयले बिहे किन गर्नुप¥यो पनि भन्छन् । तर, पछि जीवनमा कुनै कुरा पूरा गर्न सकिनँ भन्ने नलागोस् भन्ने चाहना मेरो छ । बिहे गरेर श्रीमानको साथ पाउनु, आमा बन्नु एउटा नारीका लागि सौभाग्यको कुरा हो । म यी कुराहरु मिस गर्न चाहन्नँ ।’

नायिका ढुंगानाले श्रीमानका लागि ब्रत बस्दै गर्दा कस्तो श्रीमान् होस् भनेर कल्पना भने नगरेको सुनाइन् । उनले भनिन् ‘म कसैको लागि ब्रत बसिरहेकी छु । उ अहिले पनि अदृष्य नै छ । म चाहन्छु, उसले पनि मेरा लागि ब्रत बसेको होस् ।’

नीताले आफूलाई थुप्रै तीजको गीतमा मोडलिङका लागि अफर आए पनि अब नगर्ने सुनाइन् । नीताका अनुसार, बिहेपछि करिअर अगाडि बढाउनै पर्छ भन्ने छैन । ‘यो परिवारको करबाट भन्दा पनि मेरो रहरले नै हुन्छ । भोलि मैले करिअर अगाडि बढाउँदा परिवारमा नै अप्ठ्यारो पर्ने अवस्था आयो भने म चलचित्र क्षेत्र छाड्न पनि सक्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७