कर्णाली नदीमा जीप खस्यो, कम्तीमा १० जना बेपत्ता


३ असार २०७६, मंगलवार
karnali 1

सुर्खेत, असार ३ । कर्णाली नदीमा आज (मंगलबार) दिउँसो जीप खसेको छ । हुुम्लाको खार्पुुनाथ गाउँपालिका–५, कैलाबालु भन्ने ठाउँबाट लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको हो ।

पल्लो खार्पुनाथबाट गाउँपालिकाको आन्छुुतर्फ आउँदै गरेको जीप नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले जानकारी गराएका छन् । जीपमा कति यात्री सवार थिए भन्ने खुलेको छैन ।

तर कम्तीमा १० जना बेपत्ता भएको जनाइएको छ । जीपमा रहेकाको अवस्थाबारेमा जानकारी लिने काम भइरहेको एसएसपी आचार्यले बताएका छन् । दुर्घटनाको विस्तृत विवरण लिने प्रयास भइरहेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७