लोकसेवा आयोगले फर्म भर्ने मिती थप्यो

दाेब्बर दस्तुर तिरेर असार १७ गतेसम्म


३ असार २०७६, मंगलवार
Loksewa Aayog 1

काठमाडौं, ३ असार । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदको लागि खुलाएको विज्ञापनको फर्म भर्ने मिति थप गरेको छ । मंगलबार (असार ३) गतेसम्म अन्तिम म्याद तोकेको आयोगले सर्भरमा चाप भई दरखास्त अपलोड हुन कठिनाई भएको कारणले असार १० गतेसम्म समय थप गरेको हो ।

मंगलबार बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गरेको हो भने असार १७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने जनाएको छ ।

सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए । आयोगले एकै पटक नौ हजार भन्दा बढी कर्मचारीको लागि आवेदन खुलाएको हो ।

आयोग जारी गरेको सुचना अनुसार आयोग सर्भरमा चाप भई दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको, आयोगमा दरखास्त फारम बुझाउन नसकिएको व्यहोरा सहितको निवेदन समत परेको मिति थपिएको बताएको छ ।

Notice

लोकसेवा विज्ञापन विवाद आज बहस हुँदै
आयोगले निकालेको विज्ञापन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्ध गर्न दिएको निर्देशनको बारेमा आज बहस भइरहेको छ ।

असंमावेशी तथा संविधानको मर्म र भावना विपरित भएको भन्दै समितिले विज्ञापन रद्ध गर्न निर्देशन दिएको थियो । संविधानको समानुपातिक सिद्धान्त विपरित महिला, आदिवासी जनजाती, मधेशी, दलित, अपाङ्ग लगायत क्षेत्र लाई नियोजित रुपमा आरक्षण कटौती गरिएको भन्दै समावेशी पक्षधर विभिन्न संघसंस्थाले माइतीघर मण्डलमा नियमित प्रदर्शन गरिरहेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सुरुमै बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्णले संसदीय समिति पनि संसद् नै रहेको उल्लेख गर्दै संविधानअनुसार दिएको निर्देशन आयोगले पालना गर्नुपर्ने बताए ।

आयोगले जेठ १५ मा ५ सय १५ स्थानीय तहमा ९ हजार १ सय ६१ कर्मचारी लिन विज्ञापन गरेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७