तनुश्रीले मागिन् मोदीको साथ


३ असार २०७६, मंगलवार
Tanushree

काठमाडौं, २ असार । चलचित्रको छायांकनको क्रममा सन् २००८ मा आफूमाथि नायक नाना पाटेकरले यौन हिंसा गरेको भन्दै बलिउड नायिका तनुश्री दत्ताले प्रहरीमा उजुरी गरेपछि केही समय अगाडि बलिउडमा ‘मि टू’ प्रकरण खुबै तात्यो ।

चलचित्रको छायांकनको क्रममा बारम्बार आफूमाथि नानाले यौन हिंसा गरेको आरोप लगाउँदै तनुश्रीले आवाज उठाएपछि अन्य केही बलिउड नायिका पनि यो बिषयमा बोलेका थिए ।

मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दै नानालाई ‘क्लिन चिट’ दिइसकेको छ । नानाले सफाई पाएपछि तनुश्री आक्रोशित बनेकी छिन् । उनले मुम्बई प्रहरीका भ्रष्ट अफिसर्सका कारण आफूले न्याय नपाएको समेत बताउँदै आएकी छिन् ।

तर अहिले उनले यो बिषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग मागेकी छिन् । तनुश्रीले भनेकी छिन्, ‘कसरी एउटा यौन हिंसा गर्ने व्यक्ति सडकमा निर्धक्क हिड्न सक्छ जबकी हाम्रो प्रधानमन्त्रीको उद्देश्य नै भ्रष्टचारमुक्त समाज छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७