कास्की क्षेत्र–२ को समानुपातिक मतगणना सकियो, एमाले पहिलो साझा–विवेकशिल चौथो


२६ मंसिर २०७४, मंगलवार
Kaski District

पोखरा : कास्कीमा सोमबारदेखि गणना सुरु भएको समानुपातिक तर्फको क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतपरिणाम एमाले अगाछि आएको छ । क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय ६ मत खसेको मतमा एमालेले २२ हजार ९ सय ६९ मत अग्रस्थानमा रहेको हो ।Kaski districtKaski districtKaski District
एमाले पछाडि दोस्रो स्थानमा रहेकाे कांग्रेसले १६ हजार ६४ मत पायो। तेस्राे स्थानमा रहेको माओवादी केन्द्रले ३ हजार ४ सय ७९ मत पाएको छ । यसपटकको चुनावमा कास्कीबाट विवेकशील साझा पार्टीलाई राम्रै मत परेको छ। विवेकशीलले २ हजार ६ सय ६८ मत पायो। राप्रपाको १ हजार ७१ मत रहेको छ।
प्रदेशसभामा पनि एमाले अगाडि छ । यसैगरी कांग्रेस दोस्रो, माओवादी तेस्रो र विवेकशील साझा पार्टी चौंथो स्थानमा छ। प्रदेशसभामा एमालेले २१ हजार ७ सय ९७ मत ल्याएको छ । कांग्रेसले १५ हजार ६ सय ६० मत पाउँदा माओवादी केन्द्रले ४ हजार ५७ मत ल्यायो।

विवेकशील साझा पार्टीले २ हजार १ सय ६१ र राप्रपाले १ हजार २ सय २० मत पाएका छन्। नेपाली कांग्रेस, एमाले र विवेकशील साझाले प्रतिनिधिसभामा भन्दा प्रदेश सभामा कम मत ल्याएका छन्।

दलप्रतिनिधिसभाप्रदेशसभा १प्रदेशसभा २
नेकपा एमाले२२९६९१२४६९९३२८
नेपाली कांग्रेस१६०६४७२२७८४३३
माओवादी केन्द्र३४७९२१५०१९०७
विबेकशील-साझा२७६८११३८१०२३
राप्रपा१०७१५५५६६५
नयाँशक्ति३७४४२२११०
संघीय समाजवादी फोरम३७४२६५२१७

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७