दीपिका बनिन् विश्वकै सुन्दरी महिला


३ असार २०७६, मंगलवार
deepika

काठमाडौं, २ असार । केही समयअघि रणवीर सिंहसँग वैवाहिक सम्बन्धमा बाँधिएकी बलिउडकी हट, सुन्दर र बोल्ड नायिका दीपिका पादुकोण हरेक हिसाबले पछिल्लो समयकी बलिउडकै नम्बर वन् नायिकाको रूपमा गनिन्छिन् ।

सुन्दरता, अभिनय र ग्ल्यामर कुनै किसिमले कमी नदेखिने दीपिका विश्वका सुन्दर महिलाको सूचीको नम्बर वनमा परेकी छिन् । ‘अब्जर्भर डन’ मा हालै प्रकाशित समाचार अनुसार विश्वकै सुन्दरी मानिने हलिउड नायिकाहरू स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई समेत पछि पार्दै दीपिका अग्रस्थानमा पुगेकी छिन् ।

दीपिका शारीरिक हिसाबले मात्र सुन्दर नभएर वैचारिक र व्यवहारिक रूपमा पनि सुन्दर रहेको र त्यसैको प्रभाव उनको काम र शरीरमा परेको अब्जर्भरले समीक्षा गरेको छ । यतिबेला दीपिका आफ्नो वैवाहिक जीवनपछिको पहिलो चलचित्र ‘८३’ को लागि छायाँकनमा छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७