‘चिया भन्दा कित्ली गरम’ (भिडियोसहित)


३ असार २०७६, मंगलवार
riyasha

काठमाडौं, ३ असार । नवीन रावल, मिलन विष्ट र टीका प्रसाईको स्वर रहेको गीत ‘चिया भन्दा कित्ली गरम’ सार्वजनिक भएको छ ।

मिलन बिष्टको शब्द रचना रहेको गीतलाई नवीन रावलले सङ्गीत दिएका छन् । यसैगरी गीतलाई साहस शाक्यले एरेञ्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा जिबेशसिंह गुरुङ, रियाशा दाहाल र कञ्चन खड्का फिचर्ड छन् ।

भिडियोमा पछिल्लो समय चर्चामा आइरहेका जिबेशको रमाइलो र फरक प्रस्तुति रहेको छ । नृत्य र भूमिकालाई सँगसँगै प्रस्तुत गरिएको यो भिडियोमा जिवेशको अभिनय र नृत्य अनि रियाशाको र कञ्चनको प्रस्तुति निकै खुलेको छ ।

युवा पुस्तालाई टार्गेट गरी बनाइएको गीतको भिडियोले जवानीको आकर्षण र प्रेमबारे बोलेको छ । गीतको भिडियोलाई राजीभ समरले निर्देशन एवम् कोरियोग्राफी गरेका हुन् । यसै गरी अर्जुन तिवारीको टिमले खिचेको हो भने पवन सुस्लिङले सम्पादन गरेका छन् ।

हेर्नुस् भिडियो



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७