सरकारद्वारा गुठी विधेयक फिर्ता (विज्ञप्तीसहित)


३ असार २०७६, मंगलवार
press 1

काठमाडौं, ३ असार । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् ।

मन्त्री अर्यालले विधेयक फिर्तापछि एक विज्ञप्ती जारी गर्दै तत्कालका लागि विधेयकका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने देखिएकाले विधेयक फिर्ता लिइएको उल्लेख गरेकी छन् । गुठी विधेयकलाई लिएर अनावश्य टिप्पणी, प्रचार गरेर सर्वसाधरणमा भ्रम सिर्जना गर्ने काम भएकाले विधेयक फिर्ता लिइएको जनाइएको छ । 

सरकारले गुठी विधेयक संसदमा दर्ता गरेसँगै विरोध शुरु भएको थियो । गुठी विधेयकको विरोधमा काठमाडौंमा नारा जुलुस प्रदर्शन समेत भइरहेको थियो ।

गुठी विधेयकको सत्तारुढ नेकपाका सांसदहरुले समेत विरोध गर्दै आएका थिए । आफ्नै पार्टीका सांसदहरु समेत गुठी विधेयकको विरोधमा उत्रिएपछि अप्ठ्यारोमा परेको सरकारले अन्ततः वाध्य भएर विधेयक फिर्ता लिएको छ ।

bbig

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७