‘होस्टेल ब्याक अगेन’ का लागि अमेरिकामा कास्टिङ्ग कल आह्वान


३ असार २०७६, मंगलवार
hostel

काठमाडौं, ३ असार । काठमाडौं, ३ असार । विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तर्राष्ट्रिय विद्यार्थीका कथा समेटेर चलचित्र ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने आधिकारिक जानकारी केहि समयअघि नै आएको थियो ।

व्यवसायिक रुपमा सफल मानिएको नेपाली चलचित्र ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ब्याक अगेन’ का लागी अमेरिकामा कास्टिंग कलको आहवान गरिएको छ । विद्यार्थी जीवनमा होस्टेल बस्दाका घटना र यसले जन्माएका सम्बन्धको कथामा बनेका अघिल्ला दुई सिरिजझैं यो सिरिजले पनि विद्यार्थी जीवनको अर्को पाटो उजागर गर्नेछ ।

चलचित्र दुर्गिश फिल्मस् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुनेछ । यसैगरी चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् । आबेदन दिने अन्तिम मिति अगष्ट १५, २०१९ सम्मलाई तोकिएको र अमेरिकामा बस्ने इच्छुका आवेदकले सहभागी हुन पाउने जानकारी दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७