ऋतिकको ‘विवादित’ प्रेम जीवन


३ असार २०७६, मंगलवार
ritik

काठमाडौं, ३ असार । बलिउड नायक ऋतिक रोशन अहिले एक्लो भएका छन् । श्रीमति सुजैन खानसँगको डिभोर्सपछि उनी एक्लो भएका हुन् । ऋतिक र सुजैनका दुई छोरा छन् ।

छोराहरुका लागि भनेरै उनीहरुले डिभोर्सपछि पनि आफ्नो सम्बन्धलाई टाढा बनाएका छैनन् । ऋतिक र सुजैनको डिभोर्सको मुख्यकारण शंका गर्ने बानी भनिएको छ । ऋतिक र सुजैनबीच पहिलो खटपट ऋतिकले चलचित्र ‘काइट्स’ मा काम गर्दा भएको थियो । उक्त चलचित्रमा ऋतिक रोशनले नायिका बार्बरा मोरीसँग काम गरेका थिए । चलचित्रको सुटिङ चल्दै गर्दा ऋतिक र बार्बरा प्रेममा रहेको समाचार आएको थियो । यो खबर आएपछि ऋतिक र सुजैनबीच सम्बन्धमा चिसो पलाएको थियो ।

चलचित्रको रिलिजपछि बार्बरासँगको प्रेम सम्बन्ध सेलायो । पछि ऋतिकको प्रेम चर्चा नायिका कंगना रनावतसँग चल्यो । चलचित्र ‘क्रिस ३’ मा काम गर्दा उनीहरुबीच प्रेम भएको समाचार आएको थियो । नायिका कंगनाले पनि आफूलाई ऋतिकसँग बिबाह गर्ने मन भएको बोलेकी थिइन् ।

उक्त कुराले ऋतिकको जलिरहेको घर झगडामा तेल थप्ने काम गरेको गियो । चलचित्र ‘क्रिस ३’ रिलिज सँगै ऋतिक र सुजैन एक आपसमा अलग भए । त्यसपश्चात् ऋतिक र कंगनाको प्रेम चल्यो । तर, उनीहरुको प्रेम पनि लामो समय टिकेन । उनीहरुको निकै ठूलो विवाद परेको थियो । उनीहरुको झगडा अझै सेलाएको छैन । ऋतिकले कंगनालाई बिहे नै गर्ने आवश्वासन दिएका थिए ।

अहिले पुनः ऋतिक रोशन आफ्नो श्रीमती सुजैनसँग नजिक छन् । उनीहरु ह्याङ आउटको लागि तथा बिबाह पार्टीमा समेत एकसाथ हिडिरहेका हुन्छन् । आफ्ना दुई छोराहरुलाई आमा–बुबाको अभाव हुन नदिने मनशायमा उनीहरु एक–अर्कासँग निकट छन् । सुजैन खानसँग बिबाह गर्नुपूर्व पनि ऋतिक रोशन प्रेममा थिए । ऋतिकको प्रेम नायिका करिना कपूरसँग थियो ।

उनहरुको प्रेम भएको थाहा पाएसँगै सुजैन ऋतिकसँग टाढा हुन चाहन्थिन् । तर, ऋतिक र सुजैनको माया बाल्यकालदेखिकै थियो । यही कारणले पनि ऋतिकले करिनालाई नरोजेर सुजैनलाई रोजे र बिहे गरेका थिए । ऋतिकको प्रेम जीवन पनि विवादको घेरामा रहेको पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७