देउवालाई त संसदीय मर्यादा ख्याल हुनुपर्ने हो : प्रधानमन्त्री

‘कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्ने मात्रै काम गरिरहेको छ’


३ असार २०७६, मंगलवार
pm oli 1

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक भनिने नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार देखाएको भन्दै आपत्ति जनाएका छन् ।

कांग्रेसको अवरोधका कारण संसदमा बोल्न नपाएपछि सिंहदबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले संसद्मा पहिले प्रधानमन्त्री बोल्ने, त्यसपछि प्रमुख विपक्षी दलका नेता बोल्ने संसारभरको संसदीय प्रक्रिया विपरीत कांग्रेसले अमर्यादित क्रियाकलाप गरेको बताए ।

‘शेरबहादुर देउवा आफैंले नेतृत्व गरेर आफै पहिले बोल्न पाउनु पर्छ भनेर आउँदा म आश्चर्यचकित भएँ । उहाँलाई संसदीय मर्यादा ख्याल हुनुपर्ने हो’, उनले भने । प्रधानमन्त्री ओलीले कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्ने मात्रै काम गरिरहेको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्रीले बोल्ने भनेर पहिले तय भएकोमा कांग्रेसले पहिले बोल्न पाउनु पर्छ भनेर अड्डी लियो’ प्रधानमन्त्री ओलीले थपे, ‘त्यत्ति मात्रै गरेन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर संसद्को काम कार्बाही अवरुद्ध गरेरे, तर, यसो गर्नुपर्ने कुनै विषय नै थिएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७