विमानस्थलबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ


३ असार २०७६, मंगलवार
pakrau

बुटवल, ३ असार । गौतम बुद्ध विमानस्थल भैरहवाबाट एक थान पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला रहेका छन् ।

प्रहरीकाअनुसार आज शुक्ला दिउँसो बुद्ध एयरको विमानमार्फत भैरहवाा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार एक्सरेमा शंकास्पद दृष्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो ।

प्रहरीका अनुसार १.३० बजेको उनको उडान रहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको थप विवरण खुलाएको छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७