टाटा मोटर्सले इटहरीमा कार मेला गर्दै


३ असार २०७६, मंगलवार
1560860167car mela loog

काठमाडौं, असार ३ । टाटा मोटर्सले असार ५, ६ र ७ गते इटहरीमा कार मेलाको आयोजना गर्ने भएको छ।

मेला नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्ग र सिप्रदी टे«डिङ्गको आधिकारिक बिक्रेता ग्लोबल अटो टे«डर्सको सहकार्यमा हुनलागेको हो।

बिहान ११ बेज देखि साँझ ७ बजे सम्म सञ्चालन हुने उक्त कार मेला सिप्रदी टे«डिङ्गको कार्यालय नजिकै ओसन पार्कमा आयोजना हुने आयोजकले जनाएको छ।

कम्पनीका अनुसार यस मेलामा ग्राहकले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन्। मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडीसँग साट्न सक्नेछन्।

यस मेलामा ग्राहकले ‘अन द स्पोर्ट फाइनान्सिङ’का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र ‘एक्सचेन्ज रोयल्ट्री बोनस’ जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ।

मेलामा प्रवेश निशुल्क गरिएको छ भने टेस्ट ड्राइभ, फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग आदि सुविधा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७