असार १२ देखि ‘नेपाल लोक स्टार’ प्रसारण हुने, मुख्य प्रायोजकमा आइएमई ग्रुप


३ असार २०७६, मंगलवार
IMG 7984 1

काठमाडौँ,३ असार । काठमाडौँ,३ असार । नेपाल लोक स्टारको मुख्य प्रायोजक आइएमई ग्रुपले गर्ने भएको छ ।
आइएमइ र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि गरिएको हो । रियालिटी सो ‘नेपाल लोक स्टार’ १२ असारदेखि एपी वान टेलिभिजनबाट कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ ।

यस कार्यक्रमको लागत करिब १० करोड रुपैया रहेको बताए । यस कार्यक्रमको प्रमोशन र बजार व्यवस्थापन गर्नको लागि एड प्याड प्रालिलाई आधिकारीक एजेन्सी दिएको छ ।

सात प्रदेशबाट छानिएका ३ सय ५० प्रतिस्पर्धीबाट शीर्ष २५ जना छनोट भइसकेका छन् । १६ फागुनबाट सुरु भएको लोक स्टारको अडिसन २५ चैतमा सम्पन्न भएको थियो ।

निर्णायकका रूपमा जयनन्द लामा, रामजी खाँड, सुनिता दुलाल र बीबी अनुरागी रहने भएका छन् । प्रत्येक बिहीबार र शुक्रबार बेलुका साढे ८ बजेदेखि एपी वान एचडीबाट कार्यक्रम प्रसारण हुनेछ । यसका ३६ शृंखला छन् ।

आईएमी पेको एपमार्फत प्रतिस्पर्धीलाई मतसमेत दिन सकिनेछ । उत्कृष्ट तीन जनालाई पुरष्कृत गरिने आयोजकले बताएको छ । प्रथमले ५० लाख, द्वितीयले २५ लाख र तृतीयले १० लाख नगद प्राप्त गर्नेछन् ।

यस सम्झौता पश्चात् यस कार्यक्रमको नाम आइएमइ नेपाल लोक स्टार रहने छ । सम्झौता अन्तर्गत आइएमइ नेपाल लोक स्टारको भोटिंग राउन्ड्समा एपमार्फत गरिने सबै भोटिंग आइएमई पेको एपमार्फत हुनेछ । सदैव नेपाली जनताको निम्ति समर्पित एक जिम्मेबार कम्पनी आइएमइको साथले नाम आइएमइ नेपाल लोक स्टार थप उचाइमा पुग्ने आयोजकले विश्वास लिएको छ।

एडप्याडका अध्यक्ष सुदीप थापा भन्छन्, “नेपाली लोक संगीतका लागि आइएमई नेपाल लोक स्टार कोसे ढुङ्गा साबित हुनेछ र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने हामीले विश्वास लिएका छौं । नेपाली माटोललाई सुहाउदो यस्ता मौलिक रियालिटि शोहरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझ उकास्ने निश्चित छ । यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आबद्ध भई यसको निर्माणलाई सार्थक तुल्याइ दिनु भएकोमा आइएमइ ग्रुपलाई धेरै धन्यवाद दिन चाहन्छौ ।”

आइएमईका सिइओ सुमन पोखरेल भन्छन्, “नेपालको आफ्नो होम ग्रोन कन्सेप्टमा आयोजना हुन लाएको आइएमइ नेपाल लोक स्टासगै जोडिन पाएकोमा गौरवान्वीत छौं । नेपाली लोक संगीत प्रवंधन र जर्गेनाकाृ निम्ति यो हाम्रो तर्फबाट सानो प्रयास समेत हो ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७