टिभीएस ‘सुपर सिजन फाइनान्स फेयर’, यस्ता छन् अफरहरु


३ असार २०७६, मंगलवार
Finance fair unit

काठमाडौं, ३ जेठ । नेपालका लागि टिभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला “ टिभीएस सुपर सिजन फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ ।

यो नेपालमै पहिलो पटक आयोजन हुन गैरहेको बिषेश किसिमको मेला हो । यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डपमा संचालन हुने मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्सचेन्ज अफरका साथै बचतको अवसर पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा विश्वस्तरीय टिभीएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता ५,५०० बाट सुरु हुनेछ । यी सबैभन्दा पनि ज्यादा ग्राहकहरुले हरेक एक्स्चेञ्जमा ३०,००० सम्मको बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् ७,००० देखि १,००,००० सम्म पक्का पक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभीएस बाइक खरीद गर्ने ग्राहकहरुले टिभीएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७