कोपा अमेरिका : पेरुले हरायो बोलिभियालाई


४ असार २०७६, बुधबार
kopa

काठमाडौं, ४ असार । दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा पेरुले पहिलो जीत निकालेको छ । बुधबार बिहान भएको खेलमा पेरुले बोलिभियालाई तीन एक गोलले हरायो ।

योसँगै पेरुले दुई खेलमा चार अंक बनाएको छ । समुह ए अन्तर्गत भएको खेलमा पेरुले बोलिभियाको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको २८ औं मिनेटमा मार्सेलो मारिनोको गोलमा बोलिभियाले खेलमा अग्रता बनाएको थियो । तर त्यसपछि पेरुले उत्कृष्ट फुटबल खेल्दै तीन गोल गर्न सफल भयो ।

जसमा ४५ औं मिनेटमा पाओलो गुइरेरोले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्‍याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५५ औं मिनेटमा जेफेरसोनले गोल गर्दै पेरुलाई दुई एकले अगाडि राखे ।

त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा पेरुका लागि इडिसोन फ्लोरीसले गोल गर्दै टिमलाई तीन एकको जीत दिलाए । जारी प्रतियोगितामा पेरुको पहिलो जीत हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७