अफगानिस्तानलाई हराउँदै इङ्ल्याण्ड शीर्ष स्थानमा


४ असार २०७६, बुधबार
sp 1

लण्डन, ४ असार । अफगानिस्तानलाई हराउँदै इङ्ल्याण्ड आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा आयोजक इंग्ल्यान्डले अफगास्तिानविरुद्व १५० रनको फराकिलो जित निकालेको हो ।

 

s

खेलमा ३९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर २४७ रनमात्र बनाउन सक्यो । यसका लागि मशमतुल्ला शाहिदीले ७६ रन बनाउनुबाहेक अन्य कसैले पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानलाई दबाबमा राख्न इङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले ३–३ विकेट लिए ।

यसअघि म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको विशाल योगफल तयार पारेको थियो । इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेका मोर्गनले ७१ बलमा १७ छक्कासहित १४८ रन बनाए । मोर्गन एक दिवसीय क्रिकेटको एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।

जितसँगै इङल्याण्ड ५ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भए पनि रनरेटका आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा झरेको छ । अंकविहीन अफगानिस्तान तालिकाको पुछारमै छ । प्रतियोगिताअन्तर्गत आज न्यूजिल्याण्ड र दक्षिण अफ्रिका भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७