सरकार यसरी नै अघि बढे हामी पनि रोष्टम घेर्छौ, जे-जे गर्नुपर्छ गर्छौ : लक्ष्मणलाल कर्ण


४ असार २०७६, बुधबार
lakchaman lal kan

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले रोष्टम घेरेपछि मात्र बोल्ने सिस्टम सरकार आफैले बसाएको आरोप लगाएका छन् ।

उनले आफूहरुका माग सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् । बुधबारको प्रतिनिधि सभामा वैठकमा बोल्दै राजपाा नेता कर्णले संसद शुरु भएदेखि नै राजपाले उठाएका केही विषयहरुमा सरकारले अहिलेसम्म नसुनेको बताएका हुन् ।

नेता कर्णले संसदीय मर्यादाअनुसार संसद चल्नुपर्ने औंल्याएका छन् । ‘म सरकारलाई अनुरोध गर्न चाहन्छु । यसै किसिमबाट जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्टम घेर्छौ र जे–जे गर्नुपर्ने हामी यहाँ शुरु गर्छौँ,’ कर्णले सरकारलाई चेतावनी दिए ।

उनले आफूहरुले संविधान संशोधनको मुद्दा उठाउदा मधेसी जनजातिमाथि तरवार चलाएको भन्दै त्यसको उदाहरण लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि ल्याएको विज्ञापन भएको बताए ।
उनले उक्त विषय समावेशी समानुपातिक विरोधी भएकाले स्थगित गर्न निर्देशन दिए पनि मन्त्रीले त्यसको वेवास्ता गरेको बताएका छन् ।

उनले माइतीघर मण्डलामा मात्रै नभएर मधेसमा पनि लोकसेवाको विज्ञापन जलेको भन्दै फेरि मधेस आन्दोलन हुनसक्ने चेतावनी दिए । उनले संसदमा दर्ता भएका विवादास्पद विधेयकहरु फिर्ता लिनुपर्ने भन्दै सरकारले भन्ने गरेको लोकतन्त्र व्यवहारमा नदेखिएको बताएका छन् । उनले लोकतन्त्रको विरोधमा कानून ल्याउने हो भने लोकतन्त्र नटिक्ने भन्दै लोकतन्त्रको हत्या नगर्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७