पछुतोमा परिणिती


४ असार २०७६, बुधबार
pariniti chopra

काठमाडौं, ४ असार । सन् २०१५ मा रिलिज भएको ‘पीकु’ निकै सफल चलचित्र हो । यो चलचित्रबाट नायिका दीपिका पादुकोणले धेरै अवार्डहरु जितेकी थिइन् । यो चलचित्रमा दीपिकाले नायक इरफान खानको जोडी भएर काम गरेकी थिइन् भने दीपिकाको पिता अभिताभ बच्चन बनेका थिए ।

चलचित्र रिलिजको समयमा निर्देशकले नायिका पादुकोण पहिलो रोजाई नभएको खुलाएका थिए । उनले यसो भन्दै गर्दा नायिकाको नाम भने भनेका थिएनन् । तर, अहिले यसको खुलासा भएको छ । यो कुराको खुलासा नायिका परिणिती चोपडाले गरेकी छिन् । उनले भनेकी छिन्, ‘पीकु’ को लागि सुजितले मलाई अफर गरेका थिए । तर, मैले उक्त चलचित्रमा काम गरिनँ ।’

यो चलचित्रमा काम नगरेकोमा परिणितीलाई पछुतो लागेको छ । उनले भनेकी छिन्, ‘जीवनमा नै सबैभन्दा ठूलो पश्चताप भनेको नै ‘पीकु’ चलचित्रमा काम नगर्नु हो जस्तो लाग्छ ।’ परिणिती अहिले सानिया मिर्जाको बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी उत्साहित छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७