सुरविनाको नयाँ लुक्स


४ असार २०७६, बुधबार
surbina

काठमाडौं, ४ असार । नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन्, उनी केही दिनमा नै नेपाल आउँदै छिन् । आज शुभसाइत भएको चलचित्र ‘लप्पन छप्पन २’ की नायिका समेत रहेकी सुरविनाले चलचित्रको छायांकनका लागि नै नेपाल आउन लागेको बताइन् ।

चलचित्रमा उनको दृष्यको छायांकन भने अष्ट्रेलियामा मात्र हुनेछ । चलचित्रलाई लिएर आफू उत्साहित रहेको उनले बताइन् । मुम्बइमा रहेर फोटोशुट गर्दै आएकी सुरविनाले यसपटक भने टिपिकल इण्डियन लुक्समा आफूलाई ढालेकी छिन् ।

सुरविनाको छवि बोल्ड नायिकाको छ । सधै नै हट पहिरन लगाउँदै आएकी सुरविना यस पटक सारीमा खुलेकी छिन् । उनले भनिन् ‘मलाई सारी निकै नै मनपर्छ । मसँग सारीको थुप्रै कलेक्सन छ । सारी अरु पहिरन जस्तै हरेक ठाउँमा लगाइँदैन । यसैले पनि सारीमा दर्शकले मलाई कम देख्नुभएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७