कसरी निस्कियो करिनाले राहुल गान्धीसँग डेट गर्न चाहेको प्रसङ्ग ?


४ असार २०७६, बुधबार
6 4

काठमाडौं, ४ असार । आज भन्दा १७ बर्ष अगाडि नायिका करिना कपुरले भारतका चर्चित नेता राहुल गान्धीसँग डेट गर्न मन लागेको बताएकी थिइन् ।

एक अन्तरवार्तामा कोसँग डेट जान मन छ भनेर सोधिएको प्रश्नमा उनले राहुल गान्धीको नाम लिएकी थिइन् । उनले भनेकी थिइन्, ‘के म राजनीतिज्ञको नाम लिन सक्छु । मलाई थाहा छैन यो भन्न हुन्छ कि हुँदैन । यो कन्ट्रोभर्सियल कुरा हो । तर, मलाई कांग्रेस नेता राहुल गान्धीसँग डेट जान मन छ ।’ उनले राहुलको बारेमा थप कुरा थाहा पाउनको लागि उनीसँग डेट जाने मन भएको बोलेकी थिइन् ।

उनले पछि थपेकी थिइन् ‘म चलचित्रमा काम गर्ने मान्छे । उहाँ राजनीति गर्ने मान्छे । के थाहा उहाँसँग मेरो निकै रोचक कुराकानी पो होला कि ।’ सन् २००९ सालमा दिएको अन्तरवार्तामा भने करिनाले आफूलाई राहुलसँग डेट गर्ने मन हराएको बोलेकी थिइन् ।

उनले भनेकी थिइन् ‘त्यो कुरा एकदमै पूरानो भइसकेको छ । अब मलाई उहाँसँग डेट गर्न मन छैन ।’ तर, अहिले करिना कपुर राहुल गान्धी प्रधानमन्त्री भएको हेर्न चाहन्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७