बलात्कृत अपाङ्गता भएकी बालिका गर्भवती, दुई युवक पक्राउ


४ असार २०७६, बुधबार
Rape for nayapage

काभ्रे, ४ असार । एक बौद्धिक अपाङ्गता भएकी बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा काभ्रे प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका–५ का वर्ष ३३ का राजकुमार ढुङ्गेल र अर्का १७ वर्षका एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले जानकारी दिए ।

जबरजस्ती करणीबाट बालिका गर्भवती भएको भन्दै किशोरीका अभिभावकको निवेदन दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुशन्धान भइरहेको डीएसपी गिरीले बताएका छन् ।

गत वैशाख ११ गते दिउँसो २ बजेतिर चौरीदेउराली गाउँपालिका–५ पोखरीचौरी दाहाल टोलस्थित घर नजिकै बारीको कान्लामुनी ढुङ्गेलले पैसा र खाने कुरा दिई ललाईफकाई गरी करणी गरेको आरोपसहितको जाहेरी पीडित पक्षले दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

अभिभावकले सोधपुछ गर्दा बालिकाले घटनाबारे सबै कुरा बताएपछि उक्त घटना बाहिर आएको हो । मुद्दा फिर्ता लिन आरोपितका आफन्तले दवाव दिइरहेको बालिकाका अभिभावकले प्रहरी समक्ष बताइका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७