ओम बिर्ला बने सभामुख


४ असार २०७६, बुधबार
birlaom

नयाँदिल्ली, ४ असार । भारतीय लोकसभाको सभामुखमा ओम बिर्ला सर्वसम्मत रूपमा चयन भएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिर्लालाई अध्यक्षमा प्रस्ताव गरेका थिए । भारतीय जनता पार्टी (भाजपा)का नेता समेत रहेका ५६ वर्षीय सांसद बिर्लाले ४ दशक अघिदेखि राजनीतिमा सक्रिय छन्।

बिर्लालाई विपक्षी दलहरूले पनि समर्थन गरेका छन् । उनलाई कंग्रेस आई, ममता बेनर्जीको त्रिणमूल कंग्रेस लगायतका दलहरूले समर्थन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सर्वसम्मत रूपमा चयन भएपछि बिर्लालाई मोदीले सभामुखको कुर्सीसम्म लगेका थिए । उनले बिर्लालाई लोकसभाका लागि प्रेरणाको स्रोत भएको बताएका छन् । सभामुखमा चयन भएपछि बधाई दिदै मोदीले पदीय मर्यादाभन्दा बाहिर जाने जोकोहीलाई पनि कारबाही गर्न आग्रह गरेको सञ्चामाध्यमहरुले उल्लेख गरेका छन् ।

कंग्रेसका सांसद अधिर चौधरीले बिर्लालाई बधाई दिँदै कसैप्रति पूर्वाग्रही नभईकन सार्वजनिक सरोकारको विषयमा विपक्षीलाई बोल्न पर्याप्त समय दिन आग्रह गरे । राजस्थानबाट तीन पटक सांसद भइसकेका बिर्ला प्रधामन्त्री मोदी र गृहमन्त्री अमित साह दुवै जनासँग नजिकको सम्बन्ध छ ।

ओम बिर्ला भाजापाको भातृसंगठन भारतीय युवा मोर्चाको राष्ट्रिय उपाध्यक्षको रूपमा काम गरिसकेका छन् । बिर्लाले युवा मोर्चा राजस्थानको ६ वर्षसम्म अध्यक्ष भएर काम गरेका थिए ।

उनी सन् २००१ मा गुजरातमा आएको भूकम्प बेला राहत तथा सामाजिक कार्यमा महिनादिनसम्म खटिएका थिए । त्यस बेला उनी चिकित्सक सहित सय जना उद्धार तथा स्वयंसेवक टोली लिएर प्रभावित क्षेत्रमा खटिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७