लोकसेवाको कर्मचारी भर्नासम्बन्धी परेका सबै रिटमाथि एकै पटक सुनुवाइ हुने


४ असार २०७६, बुधबार
Loksewa Aayog

sarbocha adalat 2

भर्नासम्बन्धमा विभिन्न तीन वटा मुद्दाका साथै कर्मचारीले पनि मुद्दा हालेकाले सबै मुद्दा एकै ठाउँमा राखेर पेशी चढाउन आज आदेश दिएको हो । न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

लोकसेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । तीन निवेदनमा सर्वाेच्चले कारण देखाऊ आदेश जारी गरेको थियो ।

यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । लोकसेवाले ५५१ स्थानीय तहका लागि विभिन्न पदमा नौं हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो । विज्ञापन आवह्वान भएलगतै भर्ना आह्वान असमावेशी भएको भन्दै विरोध शुरु भएको थियो ।
यसअघिको समाचारमा अन्यथा भएकाले पुनः सच्याएर प्रकाशन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७