कामना सेवा विकास बैंकद्धारा खल्ती सेवा


४ असार २०७६, बुधबार

काठमाडौं, ४ असार । कामना सेवा विकास बैंकले ‘स्पारो पे’को खल्ती डिजिटल वालेट सुविधा सुरुवात गरेको छ । बैंकले उक्त कम्पनीसँग सम्झौता गरी सेवा संचालनमा ल्याएको हो ।

बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ ।

बैकले ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४३ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, एसएमएस बैकिङ, मोबाइल बैंकिङ, मोबाइल बैंकिङ, सि–एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७