‘ब्राइडल स्वरूप’ मा खुलेकी श्वेता


४ असार २०७६, बुधबार
syata

काठमाडौं, ४ असार । केही समय अगाडि स्वास्थ्यले साथ नदिएपछि चलचित्र ‘हेल्लो जिन्दगी’ छाडेकी श्वेता खड्का केही महिनाको पूर्ण आरामपछि यतिबेला अस्ट्रेलियामा छिन् ।

उनी एक कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेकी हुन् । अटिजम प्रभावित बच्चाहरूका लागि विशेष स्कुल भवन निर्माणको सहयोगार्थ एनआरएन अस्ट्रेलियाले आयोजना गरेको परोपकारी डिनर कार्यक्रममा सहभागी भएकी छिन् । साथै उनले ‘ब्राइडल स्वरूप’ मा फोटो सुट गरेकी छिन् ।

वेडिंग ड्रिम्स अस्ट्रेलियाका लागि अङ्कित केसीले श्वेताको तस्बिर खिचेका हुन् । उक्त अवतारमा निकै सुन्दर र खुलेको श्वेताको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुलहीको पहिरनमा खुलेकी श्वेताको जीवन भने त्यति सहज हुन सकेन ।

विवाहको केही समयमा नै श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएपछि उनको जीवनले सोचे जस्तो र एउटी नारीले पाउनु पर्ने खुशीबाट वञ्चित हुन पुगिन् तर। उनको साहस र आफ्ना प्रेमी पतिको सपना पूरा गर्ने अठोटले आज उदाहरणीय व्यक्तिको रूपमा बाँचिरहेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७