भगवती चौधरीले गच्छदारविरूद्ध बढाइन् मतान्तर, यस्तो छ पछिल्लो मतपरिणाम


२६ मंसिर २०७४, मंगलवार

सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ को दुई दिनपछि सूचारु भएपछि पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट  एमालेकी उम्मेदवार भगवती चौधरीले कांग्रेसका विजय गच्छदार भन्दा १६५ मतले अगाडि छिन्। Bhagwati chaudhari Gachhadar
सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन्। चौधरीले ३० हजार ९ सय १९ मत ल्याएकी छिन । भने गच्छदारले ३०७५४ मत ल्याएर पछ्याइरहेका छन्।
यसअघि मतगणनाका क्रममा नौ वटा रुख चिन्हमा छाप लागेको अर्धकट्टीसहितको मतपत्रलाई निर्वाचन अधिकृत टिका भुषण घिमिरेले सदर गरेपछि एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि मतगणना स्थगित भएको थियो। त्यसलगत्तै मतगणना अवरुद्ध भएको थियो।
उक्त क्षेत्रमै एउटा सूर्य चिन्हमा २० रुपैयाँको नोट टाँसिएको मतपत्र भेटिएपछि उक्त मतपत्र बदर गरिएको थियो। यसलाई पनि चौधरीले आपत्ति जनाएकी थिइन्।
यसैबीच एमाले उम्मेदवार भगवती चौधरीले मतगणनास्थलमा प्रतिनिधि पठाउन भएकी छिन् ।  फ्ना प्रतिनिधि नहुँदा सदर मतलाई बदर गर्ने र झन् गडबडी हुने भन्दै पार्टीले प्रतिनिधि पठाउन निर्देशन दिएपछि पठाउन लागेकी हुन् । उनले आफ्नो गुनासोको सुनुवाई नभई एकपक्षीय रुपमा गणना थालिएपछि चौधरीले आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाएकी थिइन् ।
मतगणनाको क्रममा धाँधली गर्न खोजेको भन्दै एमाले उम्मेदवार चौधरीले मत गणना वहिष्कार गरेपछि सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र सोही क्षेत्रको प्रदेशसभातर्फ (ख) निर्वाचन क्षेत्रको मत गणना स्थगित भएको थियो।
अहिले मतदान स्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ। उक्त क्षेत्रमा अझै १७ हजार मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७