इण्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत फेला


४ असार २०७६, बुधबार
sohan NmdMlUyzYO

काठमाडौं, ४ असार । इण्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरसेफ इण्डिया कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानलाई मृत फेला परेका छन् । उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो ।

स्पटबोयका अनुसार उनको शव आइतबार राति भेटिएको हो । उनको शव पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो । मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
रिपोर्टमा बताइए अनुसार सोहन पछिल्लो समय एक्लै बसिरहेका थिए । किनभने उनकी श्रीमती दिल्लीमा थिइन् । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई अन्तिम पटक उनको घरमा काम गर्न आएकी सहयोगीले देखेकी थिइन् ।

सोहन सोसल मिडियामा १३ जूनसम्म एक्टिभ थिए । उनले सारेगामापा लिटिल च्याम्पको फिनालेबारे ९ जूनमा पोष्ट गरेका थिए । यद्यपि, जब सोहन चौहानका भाइले शनिबार उनीसँग सम्पर्क गर्ने कोशिस गरे तब उनी असफल भए ।

त्यसकारण उनले दाइ हराएको रिपोर्ट पुलिसमा दर्ता गरे । आइबार बिहान करिब साढे सात बने स्थानीयले पुलिसलाई पोखरीमा शव तैरिरहेको बारे जानकारी दिए ।

पुलिस अनुसन्धान अनुसार सोहन चौहानको शरीरमा चोटका कुनै निशाना भेटिएको छैन । उनी बसेको घरमा राखिएको सिसिटिभी फुटेज अनुसार सोहन चौहानलाई आइतबार हातमा बोतल लिएर बाहिर निस्किरहेको देखिएको थियो । उनको अन्तिम संस्कार पछि पुलिसले घरको अनुसन्धान गर्यो । उनको कोठाभित्र रमको एउटा खाली बोतल र एउटा डायरी भेटियो जसमा सोहन चौहान कविता लेख्थे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७