‘बदर मत’ले सिन्धुपाल्चोकमा तेस्रो स्थान ओगटे


२६ मंसिर २०७४, मंगलवार
election nepal 1

काठमाडौं: सिन्धुपाल्चोकमा प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा तेस्रो पाटी बदर मत भएको छ । निर्वाचन शिक्षाको कमीको कारण सिन्दुपाल्चोकमा बदर मतको सङ्ख्या तेस्रो स्थानमा रहेको छ ।

election nepal 1
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं २ को कुल १ लाख १२ हजार १९६ मतदाता मध्ये ७७ हजार ९३८ मत झरेकोमा ७१ हजार ८३४ मत मात्रै सदर रहेको छ । बदर मतको सङ्ख्या ६ हजार १०४ मत बदर रहेको छ । प्रत्यक्ष तर्फका प्रतिनिधि सभाका मतगणना गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले प्राप्त गरेको मत पछि तेस्रो स्थानमा बदर रहेको निर्वाचन आयोत सिन्धुपाल्चोकले जानकारी दिएका छन् ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ वाम गठबन्धनका साझ उम्मेदवार नेकपा एमालेका शेरबहादुर तामाङले ३८ हजार ४०१ मत प्राप्त गरेर पहिलो स्थान ओगड्दा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका पशुपति शम्शेर जबरा ३० हजार ३६९ मत पाएर दोस्रो बनेका छन् । चौथो हुनेमा राप्रपा राष्ट्रवादी रहेका छन् । उनले बदर मत भन्दा ४७६३ मत अर्थात् १३४१ पाएर चौथो बनेका छन् । त्यस्तै सोही क्षेत्रमा नेकपा मालेका वीर बहादुर तामाङले १ हजार २७९ मत, विवेकशील साझा पार्टीका जयराम भण्डारीको १५३ मत, नयाँ शक्तिका विदुर प्रसाल चौलागाँईको १३० मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७