१५ मिनेटमा तीन गोल गरेर हारबाट जोगियो अर्जेन्टिना


५ असार २०७६, बिहीबार
argentina

काठमाडौं, ५ असार । फिफा महिला विश्वकपमा अर्जेन्टिना हारबाट जोगिएको छ । अन्तिम १५ मिनेटमा तीन गोल गरेपछि अर्जेन्टिनाले स्कटल्याण्डलाई ३–३ गोलको बराबरीमा रोकेको हो ।

स्कटल्याण्डले १९ औं मिनेटमा किम लिटिलको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा यही गोलको अग्रता लिएको स्कटल्याण्डले ४९औं मिनेटमा दोस्रो गोल ग¥यो । जेनिफर बिटीले गोल गर्दै स्कटल्याण्डको अग्रता २–० मा लम्ब्याइन् । ६९औं मिनेटमा इरिन कटबर्टले गोल गरेपछि स्कटल्याण्डले तीन गोलको अग्रता लियो ।

तर अर्जेन्टिनाले अन्तिम १५ मिनेटमा तीन गोल गर्‍यो । ७४औं मिनेटमा मिलाग्रोस मेनेडेजले गोल गरिन् । त्यसपछि ७९औं मिनेटमा गोलपिकर लि अलेक्सान्दरले आत्मघाती गोल गर्न पुगिन् । क्रशबारमा लागेको बल गोलकिपरलाई ठोकिएर गोल भएपछि अर्जेन्टिनाले स्कटल्याण्डको अग्रता ३–२ मा पछ्यायो ।

इन्ज्युरी समयको अन्तिम मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो । पहिलो पेनाल्टी प्रहार लिग अलेक्सान्दरले रोकेकी थिइन । तर, भीएआरले गोलकिपरको गल्ति देखाएपछि फेरि लिइएको पेनाल्टीलाई मारिया बोन्सेगुन्डोले गोल गर्दै अर्जेन्टिनाको नकआउट चरणको झिनो आशा कायम राखिन् । समूहमा अर्जेन्टिनाको दुई बराबरीबाट २ अंक छ । स्कटल्याण्डको एक अंक मात्र छ ।

समूह डी अन्तर्गतको खेलमा स्कटल्याण्ड र अर्जेन्टिनाले अंक बाँढ्दा पराजित भएको जापानलाई फाइदा भएको छ । जापान समूहको उपविजेता बन्दै प्रिक्वार्टर फाइनलमा पुगेको छ । अन्तिम खेलमा जापान इङ्ल्याण्डसँग २–० ले पराजित भयो ।

इङ्ल्याण्डलाई जित दिलाउनका लागि एलिन ह्वाइटले दुई गोल गरिन् । ह्वाइटले १४औं र ८४ औं मिनेटमा गोल गरेकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७