रामेछापको दुर्गम गाउँमा निशुल्क आँखा शिविर


५ असार २०७६, बिहीबार
aakha

काठमाडौं, ५ असार । सद्भाव युवा समाज नेपालले रामेछापको लिखु गाउँपालिका १, दुरागाउँमा निशुल्क आँखा शिविर गर्ने भएको छ ।

रामेछापको दुरागाउँमा २०७६ असार ७ गते शनिबार आयोजना हुन गइरहेको एकदिने निशुल्क आँखा शिविरमा तिलगंगा आँखा अस्पतालका चिकित्सकको टोली जानेछ । लिखुका दुरागाउँबासीका अलावा सैपूका बासिन्दा पनि आँखा शिविरबाट लाभान्वित हुनेछन् । सद्भाव युवा समाजको बैठकले गर्न लागेको आँखा शिविरको लागि ऐक्यबद्धता प्रकट गर्दै सद्भाव युवा समाज कतारबाट सहयोग स्वरुप ५१ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।


युवा समाज कतारले आपसी सहकार्यको हार्दिक नमूना प्रस्तुत गरेकोमा सद्भाव युवा समाजले आभार प्रकट गरेको छ । र, आगामी दिनहरुमा समेत हामी यस्तै सहकार्य अनि ऐक्यबद्धताको अपेक्षा गर्दै एकजुट भएर अगाडि बढ्ने बताएको छ । समाजले दोहास्थित कतार एयरवेजमा कार्यरत नेपाली साथीभाइहरुमा कार्यगत एकताको लागि समेत हार्दिक आह्वान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७