एभरेस्ट फुटबल क्लब बराहक्षेत्र मेयरकपको फाइनलमा प्रवेश 


५ असार २०७६, बिहीबार
meyar cup baraha 1

-दिपक पुरी 

नडाहा, ४ असार  । आयोजक एभरेस्ट फुटबल क्लब (बि) नडाहाले  बराहक्षेत्र मेयरकपको फाइनलमा प्रवेश गरेको छ । सुनसरीको बराहक्षेत्र –३ नडाहा एभरेष्ट फुटबल क्लबको खेल मैदानमा भएको खेलमा बराहक्षेत्र ११ चतरालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगिताको  पहिलो हापमा बराबर भएका थिए । अन्यन्तै प्रतिष्पर्धात्मक रहेको खेलमा बराहक्षेत्र ११ चतराका बर्तमन राई  र आकाश राईले पटक–पटक गोल गर्ने मौका पाए पनि गोल गर्न भने सकेनन् ।  दोस्रोहाफको सुरुवात देखि बराहक्षेत्र ११ चतराका खेलाडी निकै आक्रामक ढंगबाट  प्रहार गरे पनि गोल हुन्न नसक्दा प्रतियोगिताबाट बाहिरिए । एभरेस्टका एलन राईले पहिलो गोल गर्दै खाता खोलेका  थिए  ।

meyar cup baraha 3 meyar cup baraha 2

एभरेष्ट फुटबल क्लब (बि) आयोजक जर्सी नम्बर ९ का साजन राईले पुर्न गोल गर्दै –२ गोल गर्दै फाइनलको  लागि टिकट काटेको छ । भने खेलभर राम्रो प्रदाशन गरेका एभरेष्ट क्लब (बि) जर्सी नम्बर ४ का प्रकाश भुजेल म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद रु  २५ सय सहित ट्रफि प्रदान गरिएको छ । 

 सेमिफाइनलको अर्को खेल एभरेष्ट फुटबल क्लब (ए)  र एपीएफ पुर्ब अञ्चलबीच हुनेछ । प्रतियोगिताका फाईनल बिजेताले रु. १ लाख २५ हजार र उपविजेताले रु. ७५ हजार साथै ट्रफी तथा मेड्ल प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७