इन्गेजमेन्ट गरिसकेकी प्रियकाले आयुष्मानलाई दिइन् धोका


५ असार २०७६, बिहीबार
priyanka.karki 3

काठमाडौं, ५ असार । केहि समयअघि आयुष्मान जोशी र प्रियका कार्कीले इन्गेजमेन्ट गर्दै प्रियंकाले औंठी लगाइन् । रियल लाइफमा आयुष्मानको औठी लगाएकी अभिनेत्री प्रियंका कार्कीले रिल लाइफमा भने धोका आयुष्मानलाई धोका दिएकी छन् ।

गायक मोहन राईको बुधबार रिलिज भएको गीत ‘मायाको खेल, आँशुको भेल…’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड भएको देखाइएको छ ।

दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाहरूबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ, जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन् ।

गीतको भावअनुसार नै नृत्यभन्दा कथा हाबी गराएको गायक राईले जानकारी दिएका छन् । राईको एल्बम ‘मायाको खेल’ मा भने आठ वटा गीत समावेश छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राष्ट्रिय भावको गीत ‘हिमालको पाखाभरी’ देखि व्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहारुङ राई, मुकेश राईसम्मका गीत छन् । संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७