विप्लव नेकपाका दुई जिल्ला इञ्चार्ज काठमाडौं र भक्तपुरबाट पक्राउ


५ असार २०७६, बिहीबार
Biplab

काठमाडौं, ५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका दुई जिल्ला इञ्चार्ज पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, विद्यार्थी इञ्चार्ज तामसालिङका मुकुन्द श्रेष्ठ र उदयपुरका विद्यार्थी इञ्चार्ज छन् ।

उनीहरूलाई भक्तपुर र काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । राज्यविरूद्धको कसूर गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७