कांग्रेस सांसद राजेन्द्रकुमार केसीले दिए सदनबाटै प्रधानमन्त्रीलाई धन्यवाद


५ असार २०७६, बिहीबार
rajan kc

काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गुठी विधेयक फिर्ता लिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले खबदारीसभा भव्य र मर्यादित भएको पनि दावी गरेका छन् ।

उनले भने, ‘गुठी विधेयक फिर्ता भएको छ । मैले यहि सदनमा गुठी विधेयक फिर्ता नभए अवस्था भयाभव हुन्छ भनेको थिएँ । तर, गुठी विधेयक फिर्ता भएको छ । म सम्माननीय प्रधानमन्त्री ज्यूलाई धन्यवाद दिन चाहन्छु । उपत्यकाबासीले हिजो अत्यन्तै मर्यादित र अनुशासित खबदरी सभा गरेका छन् । म उपत्यकाबासीलाई पनि धन्यवाद दिन चाहन्छु ।’

यद्यपी प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा उपत्यकावासीमाथि मूर्तिचोरको आरोप लगाएको भन्दै आक्रोश समेत व्यक्त गरे । ‘पत्रकार सम्मेलनमा जुन शब्द प्रधानमन्त्री ज्यूले भन्नुभयो । म यहाँ शब्द राख्न चाहन्नँ । मूर्तिचोरसम्मको लाञ्छना लगाउनु भयो । यसले उपत्यकावासीलाई दुखाएको छ ।’

उपत्यकावासीले अझै प्रधानमन्त्रीलाई विश्वास गर्न नसकेको सांसद केसीको भनाइ थियो । ‘सम्बन्धित गुठियारलाई बोलाएर प्रधानमन्त्रीले समाधान दिनुपर्छ । होइन भने स्थिति भयाभव हुनेछ । उपत्यकाबासीले अझै विश्वास गर्न सकेका छैनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७