देउवाले बेलायतमा पढ्नु मात्र भएछ, संसदीय अभ्यास बुझ्न भ्याउनु भएनछ : योगेश भट्टराई

‘कानून कम्युनिष्टलाई मात्र लाग्ने, प्रजातन्त्रवादीको श्रीपेच पाएको पार्टीलाई कानुन मान्नु पर्दैन ?’


५ असार २०७६, बिहीबार
Yogesh bhattarai

काठमाडौं, ५ असार । सत्तारुढ सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको सम्वोधनमा कांग्रेस सांसदले पुर्‍याएको अवरोधलाई कटाक्ष गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाप्रति टिप्पणी गरेका छन् ।

आजको प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद भट्टराईले कांग्रेस सभापति देउवा बेलायतमा पढेको सुनेको भए पनि उनले बेलायतको संसदीय अभ्यासबारे बुझ्न नभ्याएको भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले भने, ‘देउवा लामो समय बेलायतमा पढेको सुनेको तर, त्यहाँको संसदीय अभ्यास नबुझेको टिप्पणी गरे । उनले थपे, ‘विश्वविद्यालय धेरै जानुपर्ने भएकाले होला । बेलायतको संसदतिर जान फूर्सद भएनछ । त्यसकारण बेलायतको संसदीय अभ्यास के थियो भन्ने शायद कम जानकारी भयो होला ।’

उनले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आत्मालोचना गर्नुको साटो विपक्षी दलको नेता रिसाएको विरालोझै प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

विनियोजन विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै भट्टराईले सभामुखको आदेश नमानेको आरोप लगाए । कानून कम्युनिष्टलाई मात्र लाग्ने, दुनियाँले प्रजातन्त्रवादीको श्रीपेच लगाई दिएको पार्टीलाई कानुन नलाग्ने हुन नसक्ने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७