‘माग्ने बुढा’ को फेसबुक एकाउन्ट भेरिफाइड


५ असार २०७६, बिहीबार
magne buda

काठमाडौं, ५ असार । बलिउड र हलिउडका धेरै सेलिब्रिटीले फेसबुकमा लाइक पेज बनाएका छन् । उनीहरु, फेसबुक एकान्ट खासै चलाउँदैनन् । नेपालका धेरै सेलिब्रिटीको भने फेसबुकमा एकाउन्ट र लाइक पेज दुबै छ । अधिकांशको फेसबुक पेज भेरिफाइड पनि छ ।

नेपाली चलचित्र क्षेत्रका हाँँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को भने फेसबुकको एकान्ट पेज नै फेसबुकले भेरिफाइड गरेको छ । उनको एकान्ट केही दिन अगाडि मात्र भेरिफाइड भएको हो ।
नेपालका अन्य कलाकारको फेसबुक एकाउन्ट भेरिफाइड छैन । पेज प्रमाणित भएपछि केदारले भने ‘मैले ३ बर्षदेखि एकाउन्ट भेरिफाइड गराउनका लागि प्रोसेस चालेको थिएँ । अहिले एकान्ट भेरिफाइड भएपछि ढुक्क भएको छ । अब, फेक आइडीबाट दर्शकहरुले दुःख पाउनु हुने छैन भन्नेमा ढुक्क छु ।’

उनको फेसबुकमा लाइक पेज पनि छ । तर, उनले लाइक पेज भन्दा एकाउन्ट नै बढी चलाउने गरेको बताए । नेपालमा सम्भवत अन्य कलाकारको एकाउन्ट नै भेरिफाइड छैन । केदारले एकाउन्ट भेरिफाइड गराउनका लागि सरकारी कागजपत्र पेश गरेको सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७